अर्घाखाँचीमा कोरोना समुदायमै फैलिन थालेपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको हो ।निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
यस्तै अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द गरिएको छ भने बैंक तथा वित्तीय संस्था बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिइएको छ । निर्माण क्षेत्रमा पनि काम बन्द गरिएको छ । हाल जिल्लाभर सक्रीय संक्रमीतको संख्या ७ सय ५० रहेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
FACEBOOK COMMENTS