काठमाण्डौँ — मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा आफ्नो शाखा विस्तार गरेको छ ।
बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा ललितपुरको, कुपण्डोलमा बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौं उपत्यकाभित्र कुपण्डोलसहित महाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहिल, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु सञ्चालनमा आईसकेका छन् ।
इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS