काठमाडौं, ११ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मा तीन दिनको अवधिमा ३० गुणा भन्दा बढी आवेदन परेको छ ।
कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार सम्ममा १७ लाख बढी आवेदकले शेयर खरीदका लागि आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी हो । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
कम्पनीले विक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।
उत्तः आईपीओमा आगामी आइतबारसम्म आवेदन दिन पाइने छ ।
FACEBOOK COMMENTS