सुर्खेत– सुर्खेत चेम्बर्स अफ कमर्शले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फागुन तीनदेखि ११ गतेसम्म कर्णाली महोत्सव गर्ने भएको छ ।
महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष चिन्तामणि शर्माले जनाएका छन् ।
दश करोड बढीको कारोबार हुने लक्ष्य राखेको आयोजकले पाँच लाख जति महोत्सवबाट आम्दानी हुने आंकलन गरेको उनको भनाइ छ । ‘महोत्सवमा करिब दुई लाख दर्शक आउने छन् भने दश करोड भन्दा बढीको कारोबार हुने हाम्रो अनुमान छ ।’
अध्यक्ष शर्माले नाफा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा पाँच लाख बराबरको सार्वजनिक शौचालय निर्माण गरिदिने बताए ।
FACEBOOK COMMENTS