काठमाडौं, २१ भदौ । शेयर बजारमा यो हप्ताको दोस्रो दिन सोमबार उच्च वृद्धि भएको छ ।
सोमबार नेप्सेमा कारोबार हुँदा सुस्ता गतिमा बढेपनि १ बजेपछि भने बजार एक्कासी वृद्धि भएको थियो । सोमबार कारोबार समय सकिन २० बाँकी छदाँ शेयर बजारमा उच्च वृद्धि देखिएको हो । नेप्सेमा १६१.६६ प्रतिशतको वृद्धि भइ दई हजार नौ सय ८० दशमलब ५० अंकमा पुगेको छ । भने कारोबार भने ९ अर्ब ८२ करोडको कारोबार भएको छ ।
सोमबार ५०भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा अधिकांश हाइड्रो पावर र फाइनान्स कम्पनीहरु रहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको थियो ।
आइतबार कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आइतबार नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको थियो । ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS