२१ भदौ, काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
गएरातिदेखि परेको वर्षाका कारण काठमाडौंमा मात्र नभएर उपत्यका आसपासका अन्य जिल्लाका खोला किनारका बस्ती डुबानमा परेका छन् । काभ्रे जिल्लाको बनेपा र पनौतिका स्थानियका अनुसार घर सटर डुबान हँदा आवाजावतमा कठिनाई र यातायात अबरुद्ध भएको बताएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
FACEBOOK COMMENTS