काठमाडौं, २१ भदौ । वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको भरतपुरमा करिब १२ करोडको लगानीमा सामुदायिक रिसोर्ट संचालनमा आएको छ ।
रिसोर्टमा साना , मझौला तथा ठूला गरि ५ वटा हलहरु रहेका छन । जसमा विवाह लगायतका सामाजिक तथा धार्मिक कार्यहरु , सेमिनार , गोष्ठी , विभिन्न संघसंस्थाका साधारण सभा , सम्मेलन लगायत एकै पटक करिब १ हजार ५ सय जना व्यक्तिहरुलाई सेवा दिन सकिने रिसोर्टका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए।
रिसोर्टमा आन्तरिक तथा बाहय आगन्तुकलाई व्यवस्थित र सहज हुने गरि पुर्वाधार निर्माण गरिएको । रिसोर्ट हाता भित्र अत्याधुनिक रेष्टुरेन्ट तथा पार्किङ र गार्डेनको निर्माणले बजार क्षेत्रबाट नजिक रहेकाले आगन्तुकहरुलाई घरायसी वातावरणमा सेवा दिन सकिने जनाइएको छ ।
FACEBOOK COMMENTS