काठमाडौं, २५ भदौ। सरकारले कृषि बाली तथा पशुको बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा दिँदै आएको अनुदान रकम बढाएको छ । यसअघि उक्त बीमामा लाग्ने प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले अब ८० प्रतिशत दिने भएको हो ।
सरकारले प्रतिस्थापन विधयेक मार्फत चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको भदौ २५ गतेको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै उक्त बीमा प्रिमियम अनुदान साविककको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।
सरकारले कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी किसानको आकर्षण वृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरेको हो ।
FACEBOOK COMMENTS