काठमाडौं,४ असोज । बजार ११३ अंकसम्म घटेपछि बिस्तारै रिकभर हुन थालेको छ। सेयर बजार एक बजेर ३० मिनेट जाँदा एक सय ९ अंकले घटिसकेको छ।
राष्ट्र बैंकको सेयर धितो ऋणमा गरेको कडाइपछि झर्न थालेको बजारलाई तरलता अभावले समस्यामा पारेको छ। बजार घट्न थालेपछि बढेका बेला प्रवेश गरेका लगानीकर्ता ‘प्यानिक सेल’ मा परेर बाहिरिएका छन्। यसले गर्दा कारोबार रकममा पनि गिरावट आएको छ। सवा १ बजेसम्म पुगनगपुर ४ अर्बको किनबेच भएको छ।
आम मानिसहरुको अपेक्षा थियो बजेट पारित भएपछि शेयर बजारमा फेरि सुधार आउनेछ । तर, अघिल्लो साता नै शुरु भएको गिरावटको क्रम रोकिनुको सट्टा निकै तिव्र गतिमा घट्नेक्रम देखिन्छ ।
केहि साताअघिसम्म लगाताररुपमा बढीरहेको बजारमा त्यसबेला खरिदकर्ता रहेका लगानीकर्ताहरुले अझ बढी नोक्सान बेहोर्नुपर्ने चिन्ताका कारण बजारबाट बाहिरिन खोज्दा यस्तो अवस्था आएको हो । त्यसैपनि अहिले बजारमा तरलतताको अभाव छ । र, मानिसहरु प्रमुख चाडको लागि खर्चको जोहो गर्ने तयारीमा छन् ।
यसबाहेक असोज १ गतेदेखि लागू हुनेगरि सबैजसो वाणिज्य बैंकहरुले ब्याज बढाएका कारण पनि शेयर बजारमा त्यसको प्रतयक्ष प्रभाव परेको हो ।
बजेट पास भएसँगै सरकारले खर्च गर्ने बाटो त खुलेको छ तर, आसन्न चाडपर्वका कारण तुरुन्तै सरकारी कोषबाट नगद बाहिरिने सम्भावना पनि कम छ भने आम मानिसहरु अहिलेको अवस्थामा शेयर बजारलाई पर्खने र हेर्ने अवस्थामा रहेका छन् ।
सरकारले पुर्णता लिन नसकेको लगायतका अन्य आधारभूत पक्षहरुले समेत शेयर बजारको लगानीमा उत्साह थपेको छैन । यसरी आधारभूतरुपमा पुँजीबजार नै सपोर्ट गर्ने कुनै पनि आधारहरु नबन्दा अझै केहि समय बजारमा गिरावटको क्रम जारी रहने अनुमान गरिदैछ ।
FACEBOOK COMMENTS