काठमाडौं, असोज १२ – मंगलबार पनि सेयर बजार मा गिरावटको क्रम सुरु भएको छ । बजार खुलेदेखि नै घट्न थालेको नेप्से ११:२५ बजेसम्म करिब ४३ अंकले घटिसकेको छ । त्यसपश्चात पनि घट्ने क्रम जारी छ । आइतबार र सोमबार नेप्से उच्च अंकले घटेका थियो । जसअनुसार आइतबार करिब ६१ अंक र सोमबार ७३ अंकले बजार घटेको थियो । सेयर बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
बजार खुलेको २५ मिनेटसम्म ४८ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS