काठमाण्डौँ — नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अन्तिम प्रतिवदेनको मस्यौदा प्राप्त गरेको छ।
द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो।
सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ।
सेनाका अधिकारीहरूले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन्।
कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा दु्रतमार्गको डिपिआर तयार पारेको हो।
डिपिआरबिना एसियाली विकास बैंकको प्रोजेक्ट रिपोर्टको आधारमा सेनाले दु्रतमार्गमा निर्माण कार्य सुरु गरिसकेको छ।
— नागरीक
FACEBOOK COMMENTS