काठमाडौँ । कोरोना भाइरस विरुद्धको खानै औषधी पनि बनेको छ । उक्त औषधीको सफल परीक्षण भएको छ ।
अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था कम गर्ने दावी गरिएको छ ।
मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की कोरोनाका बिरामीलाई दिनको खुुवाइएको थियो ।
मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ ।
उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरे।
FACEBOOK COMMENTS