काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS