काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।
बजार १.०२ अंकले घटेर परिसूचक २५६९.७९ बिन्दुमा रोकिएको छ । प्रि– ओपनिङमा ९ कम्पनीको १ हजार ६०५ कित्ता सेयर ४ लाख २१ हजार ३२५ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा १ कम्पनीले कमाउँदा ४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ३ वटाको कारोबारमा कुनै परिवर्तन आएको छैन ।
FACEBOOK COMMENTS