२१ असोज, काठमाडौं । सेयर बजारमा हाल लाभांशको सिजन चलिरहेको छ । हालसम्म नेप्सेमा सूचीकृत १५ लघुवित्त कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीको लाभांशको दर गत अघिल्लो वर्षको तुलनामा यो वर्ष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा स्वाभिमान लघुवित्त रहेको छ ।
यसले गत वर्षको नाफाबाट ३२.३०% बोनस सेयर र कर प्रयोजनको लागि १.७०% नगद लाभांश गरि कुल ३४% लाभांश दिने घोषणा गरेको छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरु हेर्दा लघुवित्त कम्पनीहरुले यस वर्ष नगद लाभांशलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिएको देखिएको छ ।
FACEBOOK COMMENTS