काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २५ बैंक, वित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
यतिबेला सात वाणिज्य बैक, दुई विकास बैंक र १६ लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गरेका बैंक वित्त कम्पनीले के कति लाभांश दिदैछन् :
माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सानिमा बैंकले कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।उक्त लाभांशमध्ये बोनस शेयरमा लाग्ने कर समेत गरी नगद लाभांश ०.८९४७ प्रतिशत र बोनस शेयर १७ प्रतिशत दिने भएको छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हिमालयन बैंकले २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक १० प्रतिशत बोनस र ३ दशमलव ०६ प्रतिशत नगद (करसहित)_ गरी कूल १३ दशमलव ०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कामना सेवा विकास बैंकले हालको लचुक्ता पूँजीको १८.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।