असोज २२ , काठमाडौं । वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलन सुरु भएको हो ।
यसैबीच अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ ।यसअघि दैनिक ४५ लाख हाराहारीमा उत्पादन हुने अण्डा हाल आएर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो ।
नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म मध्य नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको बताउदै नेपाल अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएको नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी बताउछन ।
FACEBOOK COMMENTS