काठमाडौँ- वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकी छिन् ।
नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा मतका लागि प्रस्ताव राख्ने भएकी हुन् । दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिएका छन् ।
१०९प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ । तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ ।
FACEBOOK COMMENTS