सोल्टी होटलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । होटलको शुक्रबार (असोज २२ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव नगरी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनको लागि होटलले मंसिर ६ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, मंसिर ५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । होटलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि लाभांश दिएको थिएन ।
FACEBOOK COMMENTS