काठमाडौं । सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा १४ हजार ६ सय कित्ता कर्मचारी र ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
आइपीओमा कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछन् । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने छन् । आइपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् रहेको छ । सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ ।
FACEBOOK COMMENTS