रौतहट– रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना हुने भएको छ । यसका लागि सेज प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदनका लागि अध्ययन गर्न लागेको हो ।
रौतहटको चन्द्रपुर–७ स्थित नयाँवस्तीबाट उत्तर, रिङ्गरोड वस्तीको पश्चिम, आमखोल्सीबाट पूर्व तथा गुप्तेश्वर महादेव मन्दिरको दक्षिण तर्फको करीव एक हजार बिगाह खाली रहेको वन क्षेत्रको जमिनमा सेज स्थापना गर्न लागिएको हो ।
परियोजना र मन्त्रालयका अधिकारीहरुले सेज स्थापनाका लागि पटक पटक जनप्रतिनिधी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो । सेजका लागि उपयुक्त जमिन, अन्तरराष्ट्रिय सीमानाबाट नजिक, प्रमुख मार्गको पहुँच, बिजुली बत्ती, कच्चा पदार्थ, पानी, जनशक्तिको उपलव्धता हुने भएकाले उपयुक्त ठानिएको छ ।
FACEBOOK COMMENTS