काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया दशमी । आज टिका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेट रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।
नेपालमा १० बजेर २ मिनेटमा उत्तम साइत भएपनि अन्य देशहरुमा भने समय फरक फरक रहेको छ । नेपालका नेपाली मात्रै नभएर यो दिन विभिन्न देशमा रहेका नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरासहित आशीर्वाद लिँने चलन रहेको छ ।
नेपालबाहिर रहेका नेपालीको लागि टीका लगाउने उत्तम साइत फरक फरक रहेको छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ः५५ बजे उत्तर साइत रहेको छ भने अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९ः२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८ः४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८ः१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७ः१५ बजे उत्तम साइत रहेको छ ।
समितिका अनुसार क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८ः३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११ः५ बजे उत्तम साइत रहेको समितिले जनाएको छ । यस्तै अष्ट्रेलियाको सिडनिमा १५ अक्टोबरको दिन बिहान १०ः२५ बजे, अष्ट्रेलियाको मेलबर्नमा १५ अक्टोबरका लागि १०ः३१ बजे शुभ साइत रहेको छ ।
FACEBOOK COMMENTS