भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित तलेजु भवानीमो मन्दिरमा बली दिन स्थानिय प्रशासनले रोक लगाएको छ । कोरोनाको कारण देखाउँदै यो वर्ष बली मात्रै नभएर मन्दिरभित्र गएर पूजा गर्न समेत रोक लगाइएको छ ।
विगतका वर्षमा बडादसैँ टीकाको दिन राँगो, बोका, कुखुरा, हाँसलगायतको बली तलेजु भवानीमा दिइने गरिन्थ्यो । तर यस वर्ष सामान्य रुपमा पूजा गर्न अनुमति दिएकोले भित्र गएर पूजा गर्न नदिएको सुरक्षाकर्मीले बताएका छन् । यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पालिकालगायत सम्बन्धित सरोकारवाला निकायको बैठकले बलि चढाउन नदिने निर्णय गरेको थियो ।
स्थानीयले मन्दिरभित्र पसेर पूजा गर्न नदिएकोमा दुखेसो पोखेका छन् । सधैँ पूजा गर्दै आएको मन्दिरमा पूजा गर्न नपाउँदा खल्लो लाग्ने तमखुले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । उनले विगतका वर्षमा १२५ जना पुजारीलाई तलेजु भवानीको लागि गेट पास दिएको र बलि दिएमा भीडभाड हुने भएकोले नदिने निर्णय गरेको बताए ।
FACEBOOK COMMENTS