पेट्रोलको औसत मूल्य सन् २०१२ को रेकर्डस्तर उच्च १४२ पेन्सप्रति लिटरभन्दा जम्मा २ पेन्समात्र कम रहेको छ। डिजेलको मूल्य पनि बढिरहेको छ। यसको भाउ सन् २०१२ को उच्च रेकर्डभन्दा जम्मा ४ पेन्सले मात्र कम छ।
विश्वभर नै तेलको मूल्य उच्च भैरहनुका साथै आपूर्ति चेनमा आएको अवरोधका कारण बेलायतमा पनि यसको मूल्य वृद्धि भएको हो।विश्वभर हाल कच्चा तेलको मूल्य गत वर्षको भन्दा दोब्बर भैसकेको छ।
सरकारले सवारी इन्धनमा लगाइदै आएको करलाई घटाएर चालकहरुलाई राहत प्रदान गर्नुपर्ने बेलायती अटोमोटिभर सर्भिस कम्पनी आरएसी लिमिटेडले माग गरेको छ।
बिगतका केही साताहरुमा इन्धन अभावका कारण बेलायतका पेट्रोल पम्पहरुमा सवारीसाधनको लाम देख्न सकिन्थ्यो। हाल त्यहाँ इन्धनको अभाव हटेपनि मूल्यमा भने गत सेप्टेम्बरको भन्दा लिटरमै औसत ५ पेन्स महंगो भैसकेको छ।
एएको तथ्यांक अनुसार पेट्रोलको औसत मूल्य लिटरको १४०।२२ पेन्स र डिजेलको मूल्य १४३।४२ पेन्समा कारोबार भैरहेको छ।बेलायतको पेट्रोल रिटेलर्स एसोसिएसनले इन्धनको मूल्यमा भएको वृद्धि खुद्रा ब्यापारीले नाफा कमाउन चाहेकाले नभई वैश्विक कारक तत्वहरुका कारण उत्पन्न भएको जनाएको छ।
FACEBOOK COMMENTS