काठमाडौं । सिटिजन्स बैंकले कात्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.७६ देखी ५.०६ ब्याजदर पाइने छ ।
यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२८ प्रतिशत ब्याज पाइने छ । यस्तै संस्थागत तर्फ ९.७६ प्रतिशतसम्म रहेको छ । बैंकले मुद्दती खातामा पनि विभिन्न योजना ल्याएको जनाएको छ ।
बैंकको आधारदर ७.९३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट टर्म लोन, होम लोन, अटो लोन, शैक्षिक धतोकर्जा, मोटरेज लोन लिँदा १२.९३ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
बैंकले निश्चित अवधि तोकेर पनि ऋण दिने भएको छ । जसमा ५ वर्षसम्मको लागि होम लोन लिँदा १०.५०, ६ देखी १० वर्षको लागि लिँदा ११, ११ देखी १५ वर्षको लागि लिँदा ११.५० र १६ जर्गा भन्दा बढी अवधिको लागि लिँदा १२ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै ५ वर्ष सम्मको मोटरेज लोन लिँदा ११, ६ देखी १० वर्ष अवधिको लागि लिँदा ११.५०, ११ देखी १५ वर्ष अवधिको लागि लोन लिँदा १२ प्रतिशत ब्याज लाग्ने छ । शैक्षिक धितो कर्जा पनि ५ वर्ष अवधिको लागि ११, ६ देखी १० वर्ष अवधिको लागि ११.५० र ११ देखी १५ वर्ष अवधिको लागि हो भने १२ प्रतिशतमा ब्याज पाइने छ ।
FACEBOOK COMMENTS