काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनको २५% लाभांश हात पार्न सेयरधनी बन्ने आज कात्तिक १ गते सोमबार अन्तिम मौका हो ।
यसले साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्दैछ । यसआधारमा सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ । सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५% लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले २०% बोनस सेयर र ५% नगद गरी कुल २५% लाभांश वितरण गर्न लागेको हो । सभा जुम एप्लिकेसनमार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS