काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको छ । तर सदस्यसचिव सिलवालले भने आधिकारिक पत्र पाईनसकेको बताएका छन् ।
सिलवाललाई केको आधारमा बर्खास्त गरियो त्यो भने प्रस्ट भैसकेको छैन ।
उनका अनुसार पत्र आएपछी आफु अदालत जाने बताएका छन् । उनले आक्रोश हुँदै भने, “आफुले पदको लागि नभएर खेलकुद क्षेत्रको विकाशका लागि जिम्मेवारी लिएको र उक्त जिम्मेवारीमा कुनै कसर नछोडेको कुरा खेल क्षेत्रमा भएको विकाशलेनै देखाएको छ ।”
सदस्यसचिव सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद विकास ऐन अनुसार नियुक्त भएका हुन् । ऐन अनुसार सदस्यसचिव पदका लागि आवेदन दिएका तीनमध्येबाट सिलवाललाई छनोट गरिएको थियो ।
सिलवाल लामो समयदेखि शिक्षा तथा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनले सम्पन्न गरेको साफ गेमको निकैनै प्रशंसा भएको थियो । उनले छोटो अवधिमा नै साफ गेमको तैयारी गरेका थिए ।
FACEBOOK COMMENTS