काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आइपीओमा दोस्रो दिनसम्म ९ लाख ४८ हजार ४०५ जनाले आवेदन १ अर्ब १३ करोड ८६ लाख २३ हजार रुपैयाँको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन दिएका छन् । जुन माग भन्दा १६ दशमलव ७७ गुणा बढी हो ।
कात्तिक ४ देखि खुला गरेको आइपीओमा ८ गतेसम्म आवदेन दिन सक्नुपर्न छ । कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदकमध्ये ६७ हजार ८९० जनाले १०–१० कित्ताका दरले सेयर पाउनेछन् । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्नेछन् । आवेदन मेरो सेयर र सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ ।
आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग दिएको छ । यसको बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS