काठमाडाैं । दागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले कुनैपनि उद्योगीहरुले पैसा तिर्न बाँकी नरहेको बताएका छन् ।
आइतबार उद्योगीहरुले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले साढे ४ अर्बलाई २२ अर्ब देखाएर र्भम छर्न खाेजेकाे बताएका छन् । उनले भने ‘ कुनैपनि व्यवसायीले पैसा तिर्नु छैन । प्राधिकरणले साढे ४ अर्बलाई २२ अर्ब देखाएर र्भम छर्दै छ राज्यले गर्न खोजेको के हो ? ’
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेको तर त्यसबापतको प्रिमियमसहितको महशुल नतिरेको भन्दै २३ उद्योगको बिजुली काटेपछि उद्योगीहरुले पत्रकार सम्मेलन गरिरहेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार पत्रकारसम्मेलन गर्दै डेडिकेटेड एवं ट्रंक लाइनवापतको बिजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने चेतावनी दिएको भोलिपल्ट थप १४ उद्योगको लाइन काटेका थिए ।
FACEBOOK COMMENTS