बुटवल । रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन् ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको छ ।
तर अस्पतालले मृत घोषणा गरेको रुपन्देही प्रहरीले जानकारी दिएको हो । ठक्कर दिने ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
FACEBOOK COMMENTS