काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
गरिमा विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
तीन वटै कम्पनीले सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहेका सेयरधनीले मात्रै पाउन सक्नेछन् ।
गरिमा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS