काठमाडौं । जेनजीको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये ११ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
सोमबार आन्दोलनका क्रममा घाईते भएका ५६ जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । जसमा आठ जनाको मृत्यु भइसकेको छ । बाँकी ११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
११ जना मध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख डा बद्री रिजालले बताए । उनका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
FACEBOOK COMMENTS