काठमाडौं । सोमबार बासबारी स्थित गंगालाल हस्पिटलमा उपचारका क्रममा निधन भएका पुर्व न्यायाधीश प्रचण्डराज अनिलको पार्थिव शरीरमा का.मु.प्रधानन्यायधीस हरिकृष्ण कार्कीले फुलमाला लगाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
प्रधानन्यायधीस हरिकृष्ण कार्कीका साथै न्यायधीस विश्वश्वर प्रसाद श्रेष्ठ , ईश्वर प्रसाद खतिवडा , आर डी मोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत, प्रकाशकुमार ढुंगाना , कुमार रेग्मी, हरिप्रसाद फुयाल,नहकुल सुवेदी, सपना प्रदान मल्ल, रजिष्टर निर्मला पोडेल र स(रजिष्टर नारायण प्रसाद रेग्मीले पशुपति पुगेर श्रद्धाञ्जली दिएका थिए ।
९२ वर्षका न्यायमूर्ति प्रचण्डराज अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए । उनले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए । विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए । तर, उनी कहिल्यै आर्थिक अनियमितताको विवादमा परेका थिएनन् ।
फलस्वरूप अवकाशको पाँच वर्षपछि न्यायपरिषद् सदस्यमा मनोनित भएका थिए । न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्त्वको जिम्मेवारी पाएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे।
अनिलका एक श्रीमती र पाँच छोरा छन् । उनको बारेमा लेखिएको पुस्तक प्रकाशनोन्मुख छ । उनको अन्तिम दागबत्ती जेठा छोरा पवनराज मास्केले दिएका थिए ।
FACEBOOK COMMENTS