काठमाडौँ । एप्पलले आईफोनको नयाँ स्मार्टफोन सिरिज १७ लन्च गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आइफोनको सिरिज लन्च गर्ने कार्यक्रमको नाम ुअवे ड्रपिङु राखिएको छ भने सेप्टेम्बर ९ मा लन्च हुने भएको छ ।
नेपाली समय अनुसार यो कार्यक्रम राति १०स् ४५ बजेदेखि सुरु हुनेछ । यस पटक एप्पलको यो लन्च कार्यक्रममा आईफोनहरू नयाँ डिजाइनमा देखिने रिपोर्ट बाहिर आएका छन् । यस पटक एप्पलले पातलो आईफोन अर्थात् आईफोन एयर पनि लन्च गर्नेछ।
सेप्टेम्बर ९ मा एप्पल पार्कमा रहेको स्टीव जब्स थिएटरमा आईफोन परिवारमा नयाँ सदस्य प्रवेश गर्न हुने बताइएको छ । यो धेरै पातलो आईफोन हुनेछ र त्यसैले यसलाई एयर नाम दिइएको छ ।
धेरै एप्पल उत्पादनहरू पहिले नै एयरको ब्रान्डिङको साथ आइसकेका छन् । यो नयाँ र पातलो आईफोनको डिस्प्ले ६।६ इन्चको हुने र एप्पलको आफ्नै सी १ मोडेम पनि प्रयोग गरिने बताइएको छ । यद्यपि, यस मोडेलमा पछाडि एउटा मात्र क्यामेरा उपलब्ध हुने बताइएको छ ।
यो फोनले आईफोनको प्लस मोडेललाई प्रतिस्थापन गर्ने बताइएको छ । यसको अर्थ यस पटक आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स मात्र देख्न पाउनेछौं । साथै, नयाँ आईफोन १७ एयरले
प्लस मोडेललाई प्रतिस्थापन गर्नेछ, जसले एप्पल फ्यानहरूलाई नयाँ र राम्रो विकल्प दिनेछ ।
हाल आउँदै गरेको प्लस मोडेलले आईफोनको आधार भेरियन्टको तुलनामा ठूलो डिस्प्ले र ठूलो ब्याट्री बाहेक प्रयोगकर्तालाई केहि विशेष प्रदान गरेको थिएन ।
त्यस्तै एप्पलले आईफोन बाहेक, एप्पल वाच सिरिज ११, एप्पल वाच अल्ट्रा ३, र एप्पल वाच एसइ ३ यस कार्यक्रममा लन्च गरिने बताइएको छ । यस बाहेक, एयरपड्स प्रो ३ पनि आउने अपेक्षा गरिएको छ ।
यस पटक यसमा नयाँ डिजाइन, छिटो चिपसेट र उत्कृष्ट सुविधाहरू हुन सक्छन् । यस बाहेक, यस कार्यक्रममा होमपड मिनी र एप्पल टिभी ४ के पनि लन्च हुने बताइएको छ ।
एप्पलले युट्युबमा आफ्नो आधिकारिक च्यानलमा लाइभ कार्यक्रमको तालिका पनि बनाएको छ ।
FACEBOOK COMMENTS