काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालय प्रमुखबाट राजीनामा दिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीलाई नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा काज सरुवा भएको छ ।
गत साता अच्चानक राजीनामा दिएका उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरीको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । तर, प्रहरी प्रधान कार्यालयले स्वीकृत नगरी फिर्ता गरेको थियो । राजीनामाको रित नपुगेको भन्दै राजीनामा पत्र फिर्ता पठाएर कार्यालयले विभागमा काज सरुवा गरेको हो ।
काठमाडौं विमानस्थल प्रमुखबाट राजीनामा दिएका डीआईजी चन्द प्रदेश समन्वय विभागमा काज सरुवा
डीआईजी अर्जुन चन्दको राजीनामा पत्र फिर्ता
FACEBOOK COMMENTS