काठमाडौं । नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन जेनजी आन्दोलनलाई आग्रह गरेको छ ।
सेनाले विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको हो । सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।
सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको स्मरण गराएको छ ।
FACEBOOK COMMENTS