काठमाडौं । भन्सार छली, चोरी पैठारी गरीएका २९ थान मोबाईल फोनसिहत काठमाडौको न्युरोड पाकोबाट एक जना भारतीय नागरिक पक्राउ परेको छ ।
भन्सार छली, चोरी पैठारी गरीएका मोबाइल विभिन्न स्थानहरुमा विक्रि वितरण भईरहेको भन्ने सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्य सितामढी टोलको मोहमद शाकिव खानलाई न्युरोड पाकोबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा आवश्यक कारवहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाईएको जनाएको छ ।

