काठमाडौं । सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले महत्त्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् ।
काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको ‘एआई र डाटा विज्ञान : डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एआई नै अबको बिजनेस बढाउने साधन हुने जिकिर गरे ।
उनले भने, ‘यो डिजिटल दुनियाँमा अब एआईको जसले भरमग्दुर सदुयोग गर्न सक्छ, उसैको बिजनेसले फड्को मार्छ । त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस् ।’
नेपाल चेम्बर अफ कमर्स आईटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआईका रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्न सक्ने बताए ।
उनले भने, ‘एआईको रिसर्च र अनुसन्धान गर्नका लागि नेपाली शैक्षिक क्षेत्रलाई ठूलो अवसरको रूपमा आउनेछ । यसले प्रविधि र प्रडक्टलाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ । साथै व्यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ ।’
अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एवं साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ ।
उनले भने, ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायनमान बनाउन एआईको भूमिका महत्त्वपूर्ण हुनेछ, जसमा विश्वविद्यालय क्षेत्रको पनि संलग्नता हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम भूमिका एआईले गरिदिनेछ।’
यसले बजार, व्यापार र शिक्षाको लागि उर्वर रर ऊर्जावान बनाउने एआई एउटा महत्वपूर्ण कडीको रूपमा स्थापित हुने अधिकारीको भनाइ छ ।
यस्तै वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागू गर्न सकिन्छ भनेर आफ्ना भनेर आफ्ना अनुभवहरू सुनाएका थिए ।
यस्तै सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डाटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभवहरू साटेका थिए ।
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्ने अवसरका रूपमा परिवर्तन हुन सक्ने बताए ।
खल्तीका सीईओ विनय खड्काले भने एआईले नेपाली बिजनेसलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । उनले यसका लागि खल्ती प्लेटफर्म नै अहिलेको महत्त्वपूर्ण पेमेण्डका रूपमा स्थापित भइरहेको पनि बताए ।
सन् २०१० मा स्थिना भएको सनवे कलेजले ४ वर्षे एआई र डाटा साइन्सको कोर्ष बेलायतको बर्मिङगन युनिभर्सिटीको सहकार्यमा अध्यापन गराउँदै आएको छ, जसमा एक वर्ष पेसागत सुरक्षा, उद्योग र शैक्षिक क्षेत्रको खाडललाई पुर्ने लक्ष्य रहेको छ ।
FACEBOOK COMMENTS