काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गरेका छन् ।
विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गर्दै विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने चेतावनी दिएका हुन् ।
उनले सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउदै विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन् ।
उनले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफुहरुको पूर्ण समर्थन रहेको बताउदै आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढन सुझाव दिएका छन् ।
उनले नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको उल्लेख गर्दै जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने चेतावनी दिएका छन् ।
