काठमाडौं । कुनै समय काठमाडौंका मेयर बालेन शाहलाई साथ दिदै आएका नेवा अभियान्ता सुमन सायामीले पछिल्लो समय बालेनको आलोचना गर्न थालेका छन् ।
काठमाडौंको कोर सिटीमा महानगरलेले डोजर चलाएपछि सायमीले बालेन आलोचना मात्र होइन उनीप्रति आक्रोशित भएका छन् ।
मेयर बालेन शाहसँगै चुनावी प्रतिस्पर्धा गरेर तेस्रो भएपछि बालेनको प्रशंसासँगै साथ दिदै आएका सायमीले बालेनबाट गलत काम हुन थालेको भन्दै आक्रोसित बनेका हुन् । उनले बालेलाई कानून विपरीतका प्रक्रिया दिएको र मैले जे गरे पनि हुन्छ भन्ने सोच बदल्न उनले आग्रह समेत गरेका छन् ।
सायमीले भने, ‘मान्छेको ज्यानसँग जोडिएको घरमा हानेर हुन्छ ? तपाईँबाट गलत भएको छ, तपाईँले प्रक्रिया र सोच पनि बदलिनुपर्छ । डोजर आतङ्कले समाधान हुँदैन । भोलि देशैभर यही सिस्टमले अरूले पनि भत्काउन थाले भने के हुन्छ ? यो त बर्बाद हुन्छ ।’
सायमीले संविधानको २५ र ३७ ले आवासको हक दिएका भन्दै जनताका घरमा डोजर लगाउने काम नरोकिए काठमाडौंका जनता बाहिर निस्कने चेतावनी दिए । उनले बालेनको राम्रो कामको आफूले प्रशंसा गरेको भन्दै असनबाट सम्पदा संरक्षणका लागि अतिक्रमण हटाएकोमा धन्यवाद दिए ।
सायमी लौरो चिन्ह लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले काठमाडौंको मेयरमा आँखी झ्याल चिन्ह लिएर उठ्दा १३ हजारभन्दा बढी मत पाएका थिए । उनले पाएको मत अधिकांश कोर सीटीको थियो ।
कोर सीटीमै बालेनले डोजर हान्न थालेपछि उनी स्थानीयको पक्षमा उभिएका हुन् ।
FACEBOOK COMMENTS