काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।
आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरो भएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी थिए ।
चैत २३ गते सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।
