काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस सकिएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको हो।
पौडेलको इजलासले केही बेरमा आदेश दिनेछ । रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रिहाइको आदेश माग गरिएको छ ।
पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ । र, विशेष अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।