काठमाडौ । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका आकांक्षी विश्वराज बज्राचार्यले घोषणापत्र सहित १५ बुदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । मंगलबार आयोजित कार्यक्रममा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
‘देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु’, बज्राचार्यले भने, ‘ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ ।’
बर्जाचार्यले जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डकारुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए ।
असोज १९ गते हुने संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुनेछ । संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् ।
जसमध्ये बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन । यसबाहेक, संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना उम्मेदवार सार्वजनिक गरिएको छ ।



