बनवारीलाल मित्तल एक प्रेरण पुरुष नामक पुस्तक विमोचन
काठमाडौं । स्व.वरिष्ठ उद्यमी एवं श्री एयरलाइन्सका संस्थापक बनवारीलाल मित्तलको नाममा पुस्तक विमोचन गरेको छ । मंगलबार एक क्रायक्रम गरी पूर्व प्रधानमन्त्री खेल राज रेग्मीद्वारा पुस्तक विमोचन गरेको हो ।
स्व. मित्तल काठमाडौंको ज्ञानेश्वर निवासी हुन् । उनको मृत्य २०७२ साल मंसिर ९ गते ७९ वर्षको उमेरमा भएको थियो ।
मित्तल नेपाल चेम्बर अफ कर्मसको दुई पटक नेतृत्व सम्हालेका थिए भने नेपाल निर्माण व्यवसायी संघ (हालको नेपाल निर्माण व्यवसायी महासंघ) का संस्थापक अध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य र नेपाल उद्योग परिसंघका संस्थापक सदस्य समेत रहेका थिए ।

यतीमात्र होइन, मित्तल मारवाडी सेवा समिति नेपालको पूर्व अध्यक्ष, नेपाल राष्ट्रिय मारवाडी परिषदको सल्लाहाकार, नेपाल आँखा अस्पतालको संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष लगायत दर्जनौं संघ संस्थामा रहेर काम गरेका थिए । उनी व्यवसायीमात्र नर्भइ सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए ।

उनी निर्माण व्यवसाय, एयरलाइन्स, चिया, शिक्षण संस्था लगायतको व्यवसायमा संलग्न रहेका थिए ।

उनको योगदान र संघर्षको कथा वनवारीलाल स्मृतिग्रन्थन समिति संयोजक एम. डी अग्रवालको नेतृत्वमा पुस्तक प्रकाशन गरेको हो ।