काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा घाइते भएका १५ जनालाई अस्पताल पठाइएको छ ।
काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीले घाइते १५ जनाको उद्धार गरेर धुलिखेल अस्पताल पठाइएको जानकारी दिए ।
केहीको शव निकालिएको छ । तर, मृतकको संख्या कति भन्नेबारे अझै उद्धारकै चरणमा रहेको सीडीओ अधिकारीले बताए ।
अझै घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
