पोखरा । तनहुँको शुक्लागण्डकी ७ शेराटारमा बस दुर्घटनामा परेको छ । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ दुर्घटनामा पर्दा एक दर्जन घाइते भएका छन् ।
उनीहरूलाई स्थानीयले उपचारको लागि जीपी कोइराला अस्पताल लगिएको छ । प्रहरी घटनास्थलमा पुग्दैछन । घटनाको विस्तृत विवरण आइसकेको छैन ।