काठमाडौं । आमाको मुख हेर्ने दिनलाई विशेष बनाउने उद्देश्यले नेपाल हाउस रेस्टुरेन्टले हातिसार र बालुवाटार शाखामार्फत विशेष केक अफर सार्वजनिक गरेको छ।
‘आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं’ भन्ने नारासहित नेपाल हाउसले आमा प्रतिको सम्मान व्यक्त गर्न आकर्षक डिजाइन र स्वादमा तयार पारिएका केकहरू उपलब्ध गराउने घोषणा गरेको हो।
जन्मदिन मात्र नभई विभिन्न पारिवारिक तथा सामाजिक अवसरहरूमा केक काट्ने चलन बढ्दो छ, र यही प्रवृत्तिलाई ध्यानमा राख्दै नेपाल हाउसले इगलेस (अण्डा नहुन सक्ने) विकल्पसहितका केकहरू बजारमा ल्याउने तयारी गरेको छ।
रेस्टुरेन्टले आमाको मुख हेर्ने विशेष अवसरमा सबै केकहरूमा विशेष छुटको व्यवस्था गरेको छ। साथै, काठमाडौं उपत्यकाभित्र छिटो होम डेलिभरी सेवा पनि प्रदान गरिने जनाएको छ।
थप जानकारीका लागि ग्राहकहरूले हातिसार शाखा (फोन: ०१–५९०२१९४), बालुवाटार शाखा (फोन: ०१–४५११०२२) वा वेबसाइट www.nepalhouse.com.np मार्फत सम्पर्क गर्न सक्नेछन्।
नेपाल हाउस रेस्टुरेन्टका सञ्चालक रुद्र शर्माका अनुसार, नेपाली कला, संस्कृति र पारिवारिक मूल्यको संरक्षण गर्दै सामाजिक एकता बलियो बनाउन यस्ता विशेष अफरहरू समय–समयमा ल्याइँदै आएका छन्।
नेपाल हाउस रेस्टुरेन्ट काठमाडौंका पारिवारिक जमघट, विशेष समारोह, कर्पोरेट मिटिङ र उत्सवका लागि उपयुक्त गन्तव्यको रूपमा चिनिँदै गएको छ। शान्त वातावरण, आधुनिक सेवा र नेपाली मौलिक स्वादले यसलाई छोटो समयमै लोकप्रिय बनाएको छ।
FACEBOOK COMMENTS