क्यान इन्फोटेक, २०२२ मा सफ्टवेरिका कलेज इन्नोभेसन पार्टनरको रूपमा सहभागी भएको छ । हाम्रो कलेज विशेषगरी इन्नोभेसनमा नै केन्द्रित छ । त्यसकारण हामीले अहिलेसम्म गरेका इन्नोभेटिभ गतिविभिधि र प्रडक्टसहित हामी क्यानमा छौँ । यहाँ हामीले प्रदर्शनीका लागि ल्याएका प्रडक्डहरूको टेष्ट र डिस्प्ले गरेका छौँ ।
हामी आफैंले बनाएको इलेक्ट्रिक कार अवलोकनकर्ताहरूले आफैं चलाएर हेर्न पाइरहनुभएको छ भने यसबारे हाम्रा विद्यार्थी भाइबहिनीहरूले ब्रिफिङ गरिरहनुभएको छ । सरकारले समेत विद्युतीय सवारीमा फोकस गरिरहेको बेला हाम्रो यो इन्नोभेसन इन्फोटेकमा प्रभावकारी बनिरहेको हामीले पाएका छौँ ।
साथै रोबोटिक्स आर्म, आँखा कमजोर भएकाहरूका लागि इकोपेन्स, विद्युतीय ह्विलचियर, ड्रोन र अन्य धेरै प्रकारका इन्नोभेसन प्रडक्टहरू यहाँ अवलोकनकर्ताले देख्न पाउनुहुने छ । विद्युतीय ह्विलचियर बाहिर पनि पाइन्छ तर ती महङ्गा छन् । बजारमा पाइने साधारण ह्विलचेयरलाई इलेक्ट्रीफाइ गरेर हामीले सस्तोमा लिएका आएका छौँ ।
क्यान इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा नेपालकै ठूलो फोरम हो । देशव्यापी नेटवर्क र पहुँच भएको यो फोरममा हामीले आफ्ना इन्नोभेसनहरू एक्जिविसन गर्न पाउनु गर्वको विषय हो । यहाँबाट हामीले आफ्ना इन्नोभेटिभ प्रडक्टलाई देभर पुर्याउन सकेका छौँ । यसले अरुहरूलाई पनि इन्नोभेसनमा लाग्न प्रेरित गर्छ भन्ने हाम्रो विश्वास छ ।
FACEBOOK COMMENTS