नेपालमा सबैभन्दा पहिला लिड बोर्ड उपलब्ध गराउने हाम्रो कम्पनी अल्ट्रा लिड डिस्प्ले क्यान इन्फोटेकमा डिजिटल डिस्प्ले पार्टनरको रूपमा सहभागी छौँ ।
एलईडी डिस्प्लेबारे खासगरी नेपालका युवा वर्ग र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य हाम्रो छ । एलईडी लिड डिस्प्लेको क्षेत्रमा हामी कुन लेभलमा अगाडि बढिरहेका छौँ, नेपालमा कस्तो–कस्तो टेक्नोलोजी आएको छ, त्यसमा हाम्रो भूमिका के रहेको छ, हामीले युवा वर्गलाइ के–कस्तो प्रभाव पारेका छौँलगायत विषयमा अवलोकनकर्ताहरूलाई जानकारी दिइरहेका छौँ ।
चीनबाट निश्चित (फिक्स) आकार र प्रकारका एलईडी डिस्प्ले आइरहेको अवस्थामा हामीले कचा पदार्थ ल्याएर यहाँको आवश्यकताअनुसारका डिजाइन, आकार र प्रकारका डिस्प्ले बोर्डहरू नेपालमै एसेम्बल गरेर विक्रीवतरण गरिरहेका छौँ । हाम्रो यो प्रयासपछि इलेक्ट्रोनिक सामानमा आउने समस्या, मर्मत गरिरहनुपर्ने झन्झट र दक्ष जनशक्तिको अभावको झन्झटबाट प्रयोगकर्ताहरूले मुक्ति पाउनुभएको छ । अहिले हाम्रा ७ वटा सप्लार्यसहरूमार्फत कसको आवश्यकता के हो त्यही अनुसार ब्राण्ड र साइज उपलब्ध गराइरहेका छौँ ।
आउटडोर होस् वा इनडोर अहिले सबै ठाउँमा होर्डिङबोर्ड हटाएर डिजिटल डिस्प्ले राख्न थालिएको छ । विद्यालय तथा क्याम्पसहरूका कक्षाकोठामा पनि प्रोजेक्टरको सट्टामा एलईडी बोर्ड लगाउन थालिएको छ । फ्लेक्सको सट्टा एलईडी बोर्ड लागिरहेको छ ।
त्यसकारण यो मेलाको डिजिटल डिस्प्ले पार्टनर भएका कारण हामीले यो इन्फोटेकको प्रवेशद्वारमा ठूलो एलईडी बोर्ड राखेका छौँ, जुन बोर्डमा अवलोकनकर्ताहरूले यहाँभित्र भइरहेका सम्पूर्ण इभेन्टहरू देखिरहनुभएको छ । साथै हाम्रो स्टलमा इन्टरएक्टिभ सिरिजहरू डिजिटल फ्लेक्स, कि अस, होलोग्राफिक किअसलगायत नेपालमा अहिलेसम्म नदेखिएका डिस्प्लेहरू प्रदर्शन गरिएका छन् ।
FACEBOOK COMMENTS