काठमाडाैं । गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको हो ।
नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।
FACEBOOK COMMENTS